प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० दलको जमानत जफत
काठमाडाैं | मंसिर २९, २०७९
काठमाडौं: आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।
यसपटक प्रतिनिधिसभामा ४७ दल सहभागी थिए । राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट सात वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

